header-add
header-add
Breaking News

नेवा खलः कास्कीको बधाई कार्यक्रम सम्पन्न

vlcsnap-2016-06-12-11h08m34s715

फेवाटेलिभिजन, ३० जेठ पोखरा । नेवा खलः कास्कीको आयोजनामा शनिबार पोखरामा बधाई कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अशोक पालिखे तथा उपाध्यक्ष तीर्थ श्रेष्ठ नेपाल सरकारबाट प्रवल जनसेवा श्री पदक द्धारा बिभुषित गर्ने निर्णय भएको खुसियालीमा बधाई ज्ञापन गरिएको हो । प्रमुख अतिथी क्षेत्रिय प्रशासक शंकर कोइरालाले संस्थाका तर्फबाट प्रदान गरिएको सम्मानपत्र हस्तान्तरण गरि बधाई तथा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी क्षेत्रिय प्रशासक कोइरालाले सरकार द्धारा प्रदान गरिने पदक समाजसेवामा निस्वार्थ भावले लागेकाहरुको सच्चा सम्मान भएको बताउनु भयो ।सम्मानित हुन भएका संस्थाका उपाध्यक्ष कवि तीर्थ श्रेष्ठले आफ्नो जातिको मौलिक संस्कार र संस्कृतिलाई निरन्तरता दिनुपर्नेमा जोड दिंदै परम्परागत रुपमा चल्दै आएका संस्कारलाई जातिगत ढंगबाट मनाउदा साम्प्रदायिक भयो भन्ने सोँच गलत भएको बताए । नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले सम्मान र बधाईले अझ बढि जिम्मेवार बोध भई काँध भारी भएको महसुस गरेको सुनाए ।

Related posts