३ दिने लेखा तथा उद्घोषण तालिमको तालिम समापन

फेवाटेलिभिजन, ३० जेठ पोखरा । पोखरा उपमहानगरपालीका बडा नं १० राम बजारमा स्थित माछापुच्छ्रे टोल बिकाश संस्थामा तिन दिने लेखा तथा उद्घोषण तालिमको तालिम समापन भएको छ । टोल बिकाश संस्था समन्वय समीती बडा नं १० को आयोजना तथा पोखरा उप महानगरपालीकाको सहयोगमा भएको तालिममा ७० जनाको सहभागीता रहेको थियो । समापन समारोहको अबसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिती पोखरा उप-महानगरपालीकाका बरिष्ट अधिकृत ओम राज पौडेले सिकेका कुरा ब्यबहारमा उतार्नु पर्ने बताउनु भयो । त्यसैगरी रामबजार टोल बिकाश संस्थाका अध्यक्ष सम्मर बहादुर श्रेष्ठले मानिसलाई आत्म बिश्वास बढाउन र आफुमा भएको क्षमता पहिचान गर्न तालिमले सहयोग पुप्याउने बताउनु भयो ।३ दिन सम्म भएको कार्यक्रममा लेखा तर्फ नेपाल रेडक्रस सोसाइटी शाखा कार्यलय कास्कीका बरिष्ट अधिकृत लक्ष्मण कोइरालाले लेखा र सञ्चारकर्मी घनश्याम पाण्डेले उद्घोषण तालिम दिनु भएको थियो । रामबजार टोल बिकाश संस्थाका अध्यक्ष सम्मरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा धनमाया गुरुगले स्वागत मन्तब्य राख्नु भएको थियो भने सञ्चालन संस्थाका सचिब किरण प्रसाद भटचनले गर्नु भएको थियो ।

You might also like More from author