फागुन २२ मा पोखरामा अन्तराष्ट्रिय म्याराथुन हुने

फेवाटेलिभिजन,माघ १२ । पोखरामा ५ वर्ष पछि फेरी अन्तराष्ट्रिय म्याराथुन हुने भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले पोखरामा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर यसको बारेमा जानकारी दिएको हो । प्रतियोगितामा ५ विधामा म्याराथुन आयोजना हुने छ । जस अन्तरगत ४२.१९५ किमी पुरुष, विद्यालय ५ किमी पुरुष, महिला र ह्विल चियर पुरुष महिलाको म्याराथुन हुने अध्यक्ष खड्ग बहादुर रानाभाटले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय म्याराथुन प्रतियोगिताले पोखरालाई खेलकुद पर्यटन प्रवद्र्धन गर्न मद्धत पुर्याउने आयोजकको विश्वास रहेको छ । प्रतियोगिता आगामी फागुन २२ गते शनिबार पोखरा रंगशालाबाट सुरु भई पोखरा र लेखनाथका विभिन्न परिक्रमा गरि पूनः रंगशालामा आइ समापन हुने अध्यक्ष रानाभाटले जानकारी दिनुभयो ।
म्याराथुन प्रतियोगिताको लागि सुजल डेरीको उत्पादन सफल दुधले मूख्य प्रयोजन गर्ने भएको छ । पत्रकार सम्मेलनमा नै लक्ष्मी ग्रुपका प्रवन्ध निर्देशक सुनिल श्रेष्ठ र भूतपूर्व खेलाडी मञ्च नेपालका अध्यक्ष खड्ग बहादुर रानाभाटका बिच ३ वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
प्रतियोगितामा ४२.१९५ किमी पूरुषको विजेताले नगद ५० हजार पुरस्कार पाउने छ भने क्रमश द्धितिय र तृतिय र सान्त्वनाले ४० हजार, २५ हजार र ४ हजार पुरस्कार प्राप्त गर्ने छन् । यस्तै विद्यालय ५ किमि पुरुष र महिला तर्फको विजेताले ७÷७ हजार पुरस्कार पाउने छ भने द्धितिय र तृतिय हुनेले क्रमशः ५–५ हजार र ३-३ हजार पुरस्कार पाउने छ ।
प्रतियोगितामा ह्विल चियर पुरुष महिलाका विजेताले ३-३ हजार पुरस्कार पाउने छन् भने दित्तीय र तृतिय हुनेले क्रमशः २ हजार र १ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

You might also like More from author