पोखरा लेखनाथ महानगरमा पहिलो चरणको मतपरिणाम यस्तो छ

जेठ, १ पोखरा । पोखरा लेखनाथ महागनर अन्तरगत भएको स्थानिय चुनावको मतगणना अन्तरगत पहिलो चरणमा १०० मत गणना सकिएको छ ।

मतगणनाअनुसार महानगरमा एमालेले अग्रता लिएको छ । मतपरिणामअनुसार एमालेले मेयर पदमा ५१ मत प्राप्त गरेको छ । त्यस्तै उपमेयरमा एमालेको उम्मेदवारले ४७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका रामजी कुँवरले ३३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसकै उपमेयर उम्मेदवारले ३० मत प्राप्त गरेकी छन् ।

त्यसैगरि माओबादीको उपप्रमुख पदमा ५ मत झरेको छ । त्यस्तै राप्रपाको प्रमुख उम्मेदवारले ३ र उपप्रमुखले ४ मत प्राप्त गरेका छन् । त्यस्तै संघीय समाजबादी र नयाँ शक्तिको सँयुक्त मेयर उम्मेदवारले ५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका अमन विक्रम थापाले विरालो चिन्हमा १ मत प्राप्त गरेका छन् भने भित्ते घडी चुनाव चिन्ह लिएर महानगरको उपप्रमुखमा उम्मेदवारी दिएका सिरोज विजय कोईरालाले ४ मत प्राप्त गरेका छन् ।

You might also like More from author