पोखराको सभागृहमा फेला परेको बम सेनाद्धारा डिस्पोज (भिडियो सहित)

पोखरा, ३० वैशाख ।
पोखराको सभागृह चोकमा फेला परेको प्रेशर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
@Pokhara_Sava_girha_1
बिहान करिब ९ बजे सभागृहचोक स्थित फुटपाठको रेलिङ्मा झुण्डाई राखेको कालो झोलमा सानो आकारको प्रेशर कुकर बम फेला परेको थियो ।

उक्त बमलाई नेपाली सेनाको कालीभन्ज्याङ् गण एयरपोर्टको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । बिहान फुटपाठमा हिड्दा तारको टुक्रा बाहिर
निकालिएको अवस्थामा शंकास्पद कालो झोला देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
@Pokhara_Sava_girha_2

त्यसपछि उक्त झोलाको वरिपरि जान निषेध गरि सुरक्षा दिईएको थियो । बम बस्ले र कुन प्रयोजनका लागी राखेको हो भन्ने पहिचान भएको छैन् । स्थानिय तहको निर्वाचनको पुर्वसन्ध्यामा भैरहेका यस्ता प्रकार त्रासदीपुर्ण घट्नाहरुले नागरीकमा सन्त्रास फैलाईरहेका छन् ।
@Pokhara_Sava_girha_3

यसैविच स्थानिय तहको निर्वाचनलाई कथित भन्दै खारेजीको माग गर्दै आईरहेको विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको बन्दका दिन पोखराको मुख्यचोकमा बम फेला पर्नुलाई शंकाको दृष्टिले हेरिएको छ ।

@Pokhara_Sava_girha_4

यसअघि हिजो राति ९ः४० बजे पोखराको तालबाराही उमाविमा सुतली बम विस्फोट भएको थियो ।
@Pokhara_Sava_girha_5

You might also like More from author