अत्तरीया कप महिला क्रिकेटमा आज सेमिफाइनलका खेलहरु हुदै

कैलाली, २५ वैशाख । कैलालीमा जारी अत्तरीया कप महिला क्रिकेटमा आज सेमिफाइनलका खेलहरु हुदैछन् ।
प्रतियोगिताको सेमिफाइनलमा आज कैलालीले शसस्त्रको एपिएफसँग तथा काठमाण्डूको राइजिङ क्रिकेट वुमनले झापाको मिलन क्रिकेट एकेडेमीसँग खेल्नेछन् ।
यसअघि कैलालीको अत्तरीयामा हिजो भएको समूह चरणको अन्तिम खेलमा घरेलु टोली कैलाली जिल्ला क्रिकेट एकेडेमीले बारा क्रिकेट एकेडेमीलाई ८ विकेटले हराएको हो ।

You might also like More from author