header-add
header-add
Breaking News

सरकार मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन नदिने षडयन्त्रमा : फोरम

सरकार मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन नदिने षडयन्त्रमा : फोरम

पोखरा,८ वैशाख । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालले सरकार आफैं मधेश केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन नदिने षडयन्त्रमा लागि परेको आरोप लगाएको छ ।
पार्टीका नेता शिबजी यादवले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा टेवल समेत नगरेर संविधान संशोधनको नाममा बेइमानीको राजनीतिक गरिरहेको आरोप लगाए । उनले आफूहरुको माग सम्बोधन गरेर निर्वाचन सम्पन्न गराउने लागि परेको हो भने संसदमा दर्ता गरेको संशोधन प्रस्ताव टेबल गरेर देखाउन पनि सरकारलाई चुनौति समेत दिए । नेता यादवले सरकार निर्वाचन भन्दा पनि सत्ता लम्ब्याउन केन्द्रित भएको जिकीर पनि गरे । संघीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचन र पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ । नेता यादवले नवगठित राष्ट्रिय जनता पार्टीसँग सरकारले शुक्रबार विहान गरेको छलफल समस्या समाधानका लागि नभएको जिकीर गरे ।
संघीय समाजवादी फोरम नेपालले ६ वटा मधेश केन्द्रित दलबीच पार्टी एकीकरण हुनुलाई सकारात्मक रुपमा लिएको टिप्पणी पनि गरेको छ । ६ वटा मधेश केन्द्रित दलहरुबीचको एकीकरणलाई पार्टीले सकारात्मक रुपमा लिएको नेता यादवले बताए । उनले पार्टी एकीकरणको अभियानले आन्दोलनलाई थप उर्जा दिने र त्यो सबैका लागि अनुकरणीय कदम भएको पनि उल्लेख गरे
मधेशी मोर्चामा आवद्ध ६ दलबीचको एकीकरणलाई सबै राजनीतिक दलहरुले सकारात्मक रुपमा लिएका छन ।

Related posts