निर्वाचनको काममा कहिँकतै बाधा÷अवरोध छैन : निर्वाचन आयोग

निर्वाचन आयोगले निर्वाचनको काममा कहिँकतै बाधा÷अवरोध नभएको जनाएको छ । निर्वाचन आयुक्त इला शर्माले निर्वाचन आयोगको काममा कहीँकतै बाधा÷अवरोध नरहेको जानकारी दिए । कान्तिपथस्थित आयोगको कार्यालयमा संचारकर्मीमाझ कुरा गर्दै उनले मधेशका जिल्लाहरुमा समेत निर्वाचनको काममा अवरोध गर्ने खालका कुनै पनि गतिविधि नभएको स्पष्ट परे । उनले निर्वाचनमा मधेश केन्द्रित सबै राजनीतिक दल सहभागी हुने विश्वास पनि व्यक्त गरे । मधेश केन्द्रित दलहरुले पनि निर्वाचनलाई सफल बनाउन सहयोगी गरिरहेको उनको भनाई थियो ।
निर्वाचन आयोगले निर्वाचन सामग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याउने कामलाई तीव्रता दिएको छ । मतदात परिचय पत्र छपाईको काम पनि केही दिन भित्रै सकिने आयुक्त शर्माले बताए । निर्वाचन आयोगले मतपत्र छपाईको कामलाई पुरा गरि सकेको छ । त्यसैगरी मतदाता परिचय पत्र वितरणको कामलाई भने निर्वाचन आयोगले सम्बन्धित मतदान केन्द्रमार्फत् बैशाख २७, २८ र २९ गते वितरण गर्ने योजना बनाएको छ । १ करोड ४० लाख ५४ हजार ४ सय ५२ जना मतदाताले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्वाचन आयोगले जनाएको छ ।

You might also like More from author