निर्यात् बढाउन नेपाललाई अमेरिकी आग्रह

पोखरा , ८ वैशाख । अमेरिकाले भन्सार छुट दिएका बस्तुको व्यापार बढाएर लाभ लिन नेपालसँग आग्रह गरेको छ । नेपालस्थित अमेरिकी दुतावासले शुक्रबार काठमाडांैमा एक कार्यक्रम गरी भन्सार छुट दिने अमेरिकी कार्यक्रमबाट लाभ लिन नेपाल सरकार र नेपाली व्यवसायीहरुलाई आग्रह गरेको हो । अमेरिकी सरकारले नेपालले उत्पादन गरेका गलैंचा, झोला, सिरपोस, सल, स्कार्फ, छाला तथा भ्रमण सामग्रीमा छुट दिने व्यवस्थासहितको कार्यक्रम तय गरेको छ । सोही कार्यक्रमबाट लाभ लिन अमेरिकाले आग्रह गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदुत अलाईना बी टेपजिलले भन्सार छुट दिने बस्तुहरुको निर्यात बढाएर लाभ लिन नेपाल सरकार र व्यवसायीहरुलाई आग्रह गरे । उनले यो कार्यक्रमले नेपाल अमेरिकाबीच आर्थिक सम्बन्धको मजबुत बाटो भएको उल्लेख गर्दे त्यसलाई भरपूर उपयोग गर्नुपर्नेमा पनि जोड दिए।
्कार्यक्रममा बोल्दै वाणिज्य मन्त्री रोमी गौचन थकालीले अमेरिकाले उपलब्ध गराएको भन्सुर छुटसहितको व्यवस्थाबाट नेपाली व्यवसायी र सरकार उत्साही भएको बताए । नेपाल उद्य्रोग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले बस्तु निर्यातका लागि अमेरिकाले दिएको भन्सार छुटबाट आफूहरु उत्साही भएको बताइन । उनले अमेरिकी सरकारले नेपाली बस्तुको क्रेताको पहिचान गरिदिन पनि आग्रह गरिन । नेपालबाट धेरैजसो गलैंचा, पश्मिना सल लगायतका उत्पादन सामग्रीहरु अमेरिकी बजारमा जाने गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।

You might also like More from author