header-add
header-add
Breaking News

निर्वाचनमा सहभागी हुन मधेश केन्द्रित दलहरु सकारात्मक

निर्वाचनमा  सहभागी हुन मधेश केन्द्रित दलहरु सकारात्मक

पोखरा,८ वैशाख । मधेश केन्द्रित दलहरु निर्वाचन सहभागी हुन सकारात्मक देखिएका छन । मधेश केन्द्रित दल आवद्ध नवगठित राष्ट्रिय जनता पार्टी तथा संघीय गठबन्धनका नेताहरुले आफूहरुको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिएका हुन । सत्तारुढ काँग्रेस÷माओवादी केन्द्र र मधेश केन्द्रित दलहरुबीच शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउने र मधेश केन्द्रित दलहरु निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको थियो । आफूहरुको माग सम्बोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी नहुने कुनै नआउने नवगठित राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले मधेशका जनतालाई अनुभूति हुनेगरी संविधान संशोधन भने हुनैपर्ने अडान दोहो¥याए । मधेश केन्द्रित दलहरु निर्वाचनमा जाने संकेत देखिएपछि प्रधानमन्त्री दाहालले त्यससम्बन्धि समान धारणा बनाउन दिउँसो दिन बजे सत्तारुढ प्रमुख तीन दलको बैठक बोलाएका हुन् । सत्तारुढ दलहरुसँग समान धारणा बनाएर प्रधानमन्त्री दाहालले आजै अपरान्ह पाँच बजे बैठक बसी मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउने योजना बाताएका छन् ।
संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचनमा जाने सरकारले गरेको प्रस्तावमा मधेश केन्द्रित दलहरु सकारात्मक देखिएको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए । उहाँले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउन सरकारले आजै ठोस निर्णय लिने दावी समेत गरे ।
प्रमुख पाँच दलको बुधबार बसेको बैठकले मधेश केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिम समयसम्म पहल गर्न सुझाव दिएको थियो । बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, नवगठित राष्ट्रिय जनता पार्टीका शिर्ष नेताहरु, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका नेताहरु अशोक राईसहितका नेताहरु सहभागी भएका थिए ।

Related posts