स्थानीय निर्वाचनपछि दलित तथा महिला लाभान्वित हुने : सभामुख ओनसरी घर्ती

पोखरा, ७ वैशाख । सभामुख ओनसरी घर्तीले स्थानीय तहको निर्वाचनपछि सबै भन्दाबढि दलित तथा महिला लाभान्वित हुने बताएकी छन् ।
सभामुख घर्तीले सिंहदरबारको अधिकार आम जनताको पहुँचमा पु¥याउन पनि स्थानीय तहको निर्वाचनले बाटो खोलिदिने स्पष्ट परिन । विहिबार काठमाडौंमा आयोजित ‘स्थानीय शासन प्रक्रियामा महिलाहरुको नेतृत्व र प्रतिनिधित्व सवलीकरणसम्बन्धि राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन सफल बनाउने अभियानमा दिनरात खटेर आफनो क्षमता प्रर्दशन गर्न पनि महिला नेतृत्वको ध्यानाकर्षण गराएन । सभामुख घर्तीले स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा महिला प्रतिनिधित्व उल्लेख्य हुने र त्यसले लैगिक समानताका आधारमा मुलुकलाई मुलुकलाई समृद्ध बनाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आयोगले महिला प्रतिनिधित्वको सवाललाई उच्च प्राथमिकता दिएको बताइन ।
नयाँ संविधानले स्थानीय तहको वडा तहमा मात्रै १३ हजार ३ सय ६० जना महिला प्रतिनिधित्व हुने किटानी व्यवस्था गरेको छ । त्यसैगरी राज्यका सबै निकायका महिलाहरुको प्रतिनिधित्वको सवाललाई संविधानले मौलिक हकको रुपमै सम्बोधन पनि गरेको छ ।

You might also like More from author