नेपाल एयरलाइन्सका क्याप्टेन अवाले ९३ हजार डलरसहित पक्राउ

पोखरा,२८ चैत्र । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं- दुबई उडानका लागि उनी विमानस्थल गएका थिए । त्यसक्रममा उनको साथबाट अबैध डलर बरामद भएको छ । ‘हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद भएको हो, एयरपोर्ट प्रहरीले भनेको छ ।

उनलाई रातभर गौशला प्रहरी वृत्तमा राखिएको थियो । अहिले पुनः एयरपोर्ट प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागमा बुझाउन लागिएको छ ।

वरिष्ठ पाइलट अवाले पक्राउ परेपछि महेशमान डंगोललाई क्याप्टेन बनाएर जहाज उडाइएको थियो ।

You might also like More from author