आन्तरिक पर्यटकलाई आकर्षित गर्दै तनहुको रानागाउ

०४ कार्तिक,पोखरा । पृथ्वीराजमार्ग अन्तर्गत तनहुको डुम्रे बजारबाट उत्तर तर्फ १२ किलो मिटर सडक खण्डबाट पुग्न सकिने मगर जातिको बाहुल्य भएको रानागाउ होम स्टेमा आन्तरिक पर्यटकहरुको ओइरो लाग्ने गर्दछन । १० घरमा होम स्टे सञ्चालन गरिएको राना गाउमा विशेष गरी आन्तरिक पर्यटकहरु होम स्टेमा आउने गर्दछन । तनहुको दमौली, चितवन पोखरा लगायतका पर्यटकीय शहरका मानिसहरु ग्रामीण परिवेशको अवलोकन गर्नका लागी होम स्टेमा आउने गरेको होमस्टे समितीका अध्यक्ष पदम बहादुर राना मगरले बताए ।

मगर जातिको मात्र बाहुल्य भएको रानागाउमा आउने पाहुनालाई गाउमै उत्पादन गरिने अर्गानिक तरकारी र लोक कुखुुराले लोभ्याउने गरेको छ । यहांको मगर संस्कृतिको कौरा र स्थानिय संग लोकदोहोरीमा समेत मनोरन्जन लिन सकिने भएकाले पछिल्लो समय युवाहरु आउने गरेका छन । त्यसो त यहांबाट मनोरम हिम श्रृङखलाको अवलोकन गर्न सकिने भएकाले पनि प्राकृतिक दृश्यका पारखीहरुपनि यहां आउने गरेको होमस्टेका सचिव रुप बहादुर राना मगर वताउछन । आगामी दिनमा यहा आउने पर्यटकलाई अझै अर्गानिक खाने कुराको स्वाद चखाउन आफुहरुले प्रयासरत रहेको उनको भनाइ रहेको थियो ।

होम स्टे आउने बाटोमा आदिकवि भानुभक्त आचार्यको जन्म स्थल चुदी रम्घा गाउको अवलोकनका लागी आउने पर्यटकहरुको समेत बसाइ राना गाउको होम स्टेनै हुने गर्दछ । होम स्टेले आफुहरुलाई स्वरोजगार बनाएको होम स्टे सञ्चालक पदमकुमारी राना वताउछिन । रानाले आफुहरुले गाउमै उत्पादन भएको खानेकुराले पर्यटकहरुको मन जित्न सफल बनाएको वताउदै आगामी दिनमा गाउमा उत्पादित मकै र कोदो तथा सागको गुन्द्रुकलाई प्राथमिकता दिने उनले वताइन ।
त्यसोत पछिल्लो समय ग्रामीण भेगलाई लक्षित गरी विभिन्न गाउहरुमा घरबास होमस्टे कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालन मार्फत गाउका मानिसको आयस्तरमा बृद्धि भएको पर्यटन वोर्ड क्षेत्रिय कार्यलय पोखराका प्रमुख उदय भट्टराइ वताउछन । एसियन फोरमले विभिन्न संघ सस्थाको सहयोगमा तनहुको रानागाउमा होमस्टे स्ञ्चालन गरी त्यहाका स्थानियको आयस्तर संगै पर्यटकलाई अर्गानिक खानाले स्वागत गर्ने वानीको बिकास भएको एसियन फोरमका कास्की अध्यक्ष तिलक थापाले वताए । पर्यटकीय गाउ र गाउको बिकासका लागी होमस्टेले महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ रहेको थियो ।
आगामी दिनमा विभिन्न ठाउका पर्यटकहरुलाई आफुहरुको सहयोगमा रानागाउको होमस्टेको अवलोकनका लागी पठाउने समेत उनले वताए । आन्तरिक तथा बह्य पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यस्ता घरबास कार्यक्रम होम स्टेलाई सरकारी र निजी स्तरबाटै प्रचार प्रसार गर्न सकेको खण्डमा ग्रामीण भेगमा बस्न र घुम्न चाहने पर्यटकको बृद्धि हुने थियो । यसले पर्यटन संगै गाउको बिकासका लागी समेत ठूलो भुमिका खेल्ने थियो ।

You might also like More from author